नेपाल फर्मास्युटिकल्स एसोसिएसनको प्रादेशिक कार्यसमिति निर्वाचन ९ असारमा हुने

नयाँ सदस्यता लिन र नविकरण गर्न ३० जेठको समयसीमा

 

काठमाडौँ, ७ जेठ । नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए)को प्रादेशिक कार्यसमितिको निर्वाचन आगामी ९ असारमा हुने भएको छ । एसोसिएसनको गत ३० बैशाखमा बसेको कार्यकारी समितिको बैठकले ९ जेठमा सम्पूर्ण प्रादेशिक कार्यसमितिको निर्वाचन गर्ने मिति तोकेको हो ।

बैठकले सोही दिन नेपाल फर्मास्युटिकल एसोसिएसन फार्मेसी असिस्टेन्ट फोरमको कार्यकारी समितिको छनौटका लागि समेत निवाचन गर्ने भएको छ ।

यी दुबै निर्वाचनमा सहभागी हुनका लागि नयाँ सदस्यता हुनेहरु र नवीकरण गर्न बाँकी भएकाहरुले ३० जेठ भित्र गराईसक्न एसोसिएसनले जानकारी दिएको छ ।

एनपीएको २३ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन गत २० फागुनमा भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *