कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरका लागि तीन जनाको नाम सिफारिस
काठमाडौँ, ५ जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको रेक्टर पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।
शुक्रबार प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई तीन जनाको नाम सिफारिस गरेका हुन्।
प्रतिष्ठानका उपकुलपति डा. रावलले रेक्टरका लागि स्त्री रोग विशेषज्ञ डा. राजीव साह, माइक्रोबायोलोजिष्ट डा. माया राई र छाती रोग विशेषज्ञ डा.अनुस्मृतिको नाम सिफारिस गरेका हुन् । जसमध्ये मन्त्री बस्नेतले एक जनालाई रेक्टर पदमा नियुक्त गर्ने छन्।
प्रतिष्ठान ऐनको दफा २१ को (१) बमोजिम उपकुलपतिबाट सिफारिस हुने तीन जनामध्येबाट सहकुलपतिले चार वर्षे कार्यकालका लागि एक जना शिक्षाध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ ।
सम्पर्क इमेल : [email protected]