न्याम्सका आवासीय चिकित्सकको निर्वाह भत्ता निकासी हुँदै, आन्दोलन फिर्ता
काठमाडौँ, ४ जेठ । तीन महिना देखि रोकिएको निर्भाह भत्ता र पर्व भत्ता पाउने भएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का आवासीय चिकित्सकहरुले हिजो देखि सुरु गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (र्यान)ले विहीबार अपरान्ह विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
यसअघि निर्वाह भत्ताका विषयमा बिहीबार निमित्त उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेत र र्यानका पदाधिकारीहरुबीच बैठक बसेको थियो । सो क्रममा न्याम्सका अधिकारीहरुले आवासीय चिकित्सकको निर्वाह तथा पर्व भत्ता निकासाका लागि कागजात तयार गरि बैकमा पठाइसकेको जानकारी गराएका थिए । साथै, उनीहरुले अव देखि हरेक महिनाको पहिलो हप्ता नै आवासीय चिकित्सकको निर्वाह भत्ता उनीहरुको बैक खातामा उपलव्ध हुने समेत प्रतिवद्धता जनाएका थिए ।
भत्ता सम्वन्धी आफ्ना माग पुरा भएपछि र्यानले आन्दोलन फिर्ता लिएको हो ।
सम्पर्क इमेल : [email protected]