उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा विपद् व्यवस्थापन समिति सभापतिमा भक्त हमाल चयन

काठमाडौं, ४ जेठ । नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिको सभापतिमा भक्त हमाल चयन भएका छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम उनलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन्।

नेपालको स्वास्थ्य क्षेत्रमा करिब ३ दशकदेखि सक्रिय हमाल महासंघको कार्यकारिणी सदस्यमा २ पटक निर्वाचित भइसकेका छन्। महासंघमा वस्तुगत संघबाट प्रतिनिधित्व गर्दै आएका हमाल यस अघि स्वास्थ्य तथा सीप विकास समितिका सहसभापति थिए।

उनले नेपालमा अन्तरराष्ट्रिय स्तरमा मेडिकल सामग्री आयात तथा सेवा प्रदान गर्दै आएका छन्। पर्यटन, कृषि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा समेत आफ्नो लगानी विस्तार गर्दै आएका हमालले पछिल्लो समय महासंघभित्र रहेका व्यवसायीक हित र जनसेवाका काममा सक्रिय रहँदै आएका छन्।

उक्त समितिमा सभापतिमा हमालको नियुक्तीसँगै देशको स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार र विपद् व्यवस्थापनमा थप सहयोग पुग्ने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *