वर्ल्ड हेल्थ एसेम्लीमा भाग लिन स्वास्थ्य मन्त्री बस्नेतको नेतृत्वमा ६ सदस्यीय टोली जेनेभा जाँदै
मन्त्रिपरिषद् र मन्त्रीस्तरीय निर्णयबाट भ्रमणसम्वन्धी प्रस्ताव स्वीकृत
काठमाडौँ, २ जेठ । सरकारले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटालाई स्वीजरल्याण्डको राजधानी जेनेभामा आगामी ७ देखि १७ जेठ (२१ देखि ३० मे २०२३) सम्म चल्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७६ औँ विश्व स्वास्थ्य सभा (वर्ल्ड हेल्थ एसेम्ली) मा भाग लिन पठाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री बस्नेत र अतिरिक्त स्वास्थ्य सचिव डा देवकोटाको जेनेभा भ्रमण सम्वन्धी प्रस्तावलाई स्वीकृत गरेको सरकारका प्रवक्त एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् ।
यो निर्णयसंगै स्वास्थ्य मन्त्री बस्नेतको नेतृत्वमा छ सदस्यीय टोली शनिबार विहान त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।
जेनेभा जाने टोलीमा मन्त्री बस्नेत र अतिरिक्त स्वास्थ्य सचिव डा देवकोटासंगै उपचारात्मक सेवा महाशाखाका निर्देशक डा अनुप बास्तोला र पोमावती थापा, प्रादेशिक अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्का, र मन्त्रीका स्वकीय सचिव रामेश्वर आचार्य रहेका छन् ।
एघारौँ तह र सो भन्दा मुनिका तहका कर्मचारीहरुको भ्रमण स्वीकृति भने स्वास्थ्य मन्त्रीले गर्न सक्नेछन् ।
सो अनुसार चार जनाको भ्रमण स्वीकृति मन्त्री बस्नेतले गरिसकेका छन् ।
सम्पर्क इमेल : [email protected]