‘सडक दुर्घटनामा हरेक वर्ष १३ लाख मानिसको ज्यान जान्छ, ५ करोड बढी घाइते’

नेपाल प्रहरीका दुई पांग्रे सवारी साधनमा पछाडी बस्नेलाई समेत हेल्मेट अनिवार्य

काठमाडौँ, १ जेठ । सडक दुर्घटना विश्वभर हुने मृत्यु र अशक्ताको प्रमुख कारण हो । सडक दुर्घटनामा विश्वभर हरेक वर्ष १३ लाख मानिसको मृत्यु र ५ करोड बढी घाइते हुने गरेका छन् । ५ देखि २९ बर्ष उमेर समूहका व्यक्तिको सबैभन्दा खतरा पनि सडक दुर्घटना हुने गरेको छ ।

विश्वमा प्रत्येक ४ मध्ये १ जनाको मृत्यु पैदल यात्रु वा साइकल चलाउने व्यक्तिको हुने गरेको पाइएको छ ।

बढ्दो दुर्घटनालाई न्युनिकरण गर्न विश्व स्वास्थ्य संगठनले सडक सुरक्षा कार्य योजना २०२१ – २०३० अघि बढाएको छ । यसको मुख्य उदेश्य सडक दुर्घटनाबाट अहिले भइरहेको क्षतिलाई ५० प्रतिशतले कम गर्नु रहेको छ ।

त्यसका लागि सुरक्षित सडक, सुरक्षित साधन, व्यक्तिको व्यवहारमा परिवर्तन तथा आकस्मिक सेवामा समेत सुधार गर्ने उल्लेख छ ।

यसका लागि डब्लुएचओले सयुक्त राष्ट्रसंघको ग्लोबल रोड सेफ्टी सप्ताहमा सहकार्य गरेको छ ।

आज देखि सुरु भएको सातौं सडक सुरक्षा सप्ताहमा पैदल यात्रु, साइकल चलाउने व्यक्ति तथा सार्वजनिक यातायातको प्रयोग गर्ने व्यक्तिको सुरक्षामा बढी केन्द्रीत रहेको छ ।

यसैबीच आज देखि सुरु भएको युएन ग्लोबल रोड सेफ्टी वीकको अवसर पारेर नेपाल प्रहरीका कर्मचारीले प्रयोग गर्ने दुई पांग्रे सवारी साधनको पछाडी बस्ने व्यक्तिले समेत अनिवार्य रुपमा हेल्मेट लगाउने व्यवस्था गरेको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *