स्वास्थ्य व्यवसायी परिषद्ले लिएको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, पिसिएल तर्फ ५०.४६ प्रतिशत पास
काठमाडौँ, २९ वैशाख । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको छैठौं नाम दर्ता प्रमाणपत्र परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।
परिषदले पुल्चोकस्थित इन्जिनियररिङ क्याम्पसमा गत शनिबार लिएको लाइसेन्स परीक्षामा सहभागी २ हजार ९२५ जनामध्ये १ हजार ४७६ अर्थात् ५० दशमलव ४६ प्रतिशत उत्तीर्ण भएका छन्।
अकुपञ्चर, अकुप्रेसर एण्ड मोक्जीबस्टन र फिजियोथेरापी बाहेक अन्य विषयमा ४० प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको परिषदले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]