७६ औँ विश्व स्वास्थ्य सभामा भाग लिन को – को जाँदैछन् जेनेभा ?

काठमाडौँ, २७ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को ७६ औँ विश्व स्वास्थ्य सभा (वर्ल्ड हेल्थ एसेम्ली) आगामी २१ देखि ३० मे सम्म स्वीजरल्याण्ड जेनेभामा सुरु हुँदैछ ।
सो बैठकमा भाग लिन नेपालबाट स्वास्थ्य मन्त्री मोहनबहादुुर बस्नेतको नेतृत्वमा स्वास्थ्यको टोली जेनेभा जाने तयारी भएको छ ।
स्रोतका अनुसार यसपटक स्वास्थ्यले मन्त्री बस्नेतको नेतृत्वमा कुल ६ जनालाई पठाउने तयारी गरेको छ । त्यसमा अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटा सहित अरु चार जना स्वास्थ्य सचिव र एक जना मन्त्रीको स्वकीय सचिव रहनेछन् ।
जेनेभा जाने टोलीमा मन्त्री बस्नेत र अतिरिक्त स्वास्थ्य सचिव डा देवकोटा सहित डा अनुप बास्तोला, डा डम्बर खड्का, पोमावती थापा र मन्त्रीका स्वकीय सचिव रामेश्वर आचार्यको नाम करीव करीव टुंगिएको छ । यद्धपी केही प्रक्रियागत काम गर्न बाँकी छ ।
त्यसो त मन्त्री र अतिरिक्त स्वास्थ्य सचिवको विदेश भ्रमण मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ । अरु नाममा भने स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरे पुग्छ ।
मन्त्री र अतिरिक्त स्वास्थ्य सचिवको जेनेभा भ्रमणका लागि मंगलबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पठाइएको थियो । यद्धपी मन्त्रिपरिषद्को निर्णय सार्वजनिक हुने क्रममा सो विषय आएको छैन् ।
‘यो हाम्रो लागि महत्वपूर्ण सभा हो । यसमा मन्त्रीको नेतृत्वमा जानै पर्ने हुन्छ । तर जाने खर्च जुटाउन समस्या परेको छ । अर्थ मन्त्रालयसंग कुराकानी भइरहेको छ । किनभने यो सभामा स्वास्थ्यका नीतिमा विश्वस्तरीय छलफल, विभिन्न साइड मिटिङहरु, हुनेछन् । आगामी लक्ष्य र गरिरहेका कार्यको समेत समिक्षा हुनेछ । त्यसैले पनि उहाँहरु जानु हुन्छ,’ एक अधिकारीले भने ।
सम्पर्क इमेल : [email protected]