बागमती र लुम्बिनीका स्वास्थ्य सचिव सहित ४४ जना सहसचिवको जिम्मेवारी हेरफेर
काठमाडौँ, २६ बैशाख । सरकारले एकै पटक ४४ जना सहसचिवको पदस्थापन सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ४४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्दा लुम्बिनी र बागमती प्रदेशको स्वास्थ्य सचिव समेत परिवर्तन भएका छन् । यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव समेत फेरिएका छन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको सचिवमा श्रीराम लुईटेललाई पठाउने निर्णय गरेको छ । त्यहाँ अहिलेसम्म बद्रीबहादुर खड्का सचिव थिए । यस्तै लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि डा जनार्दन पन्थीलाई कामकाजमा पठाउने निर्णय गरेको छ । त्यहाँ अहिले डा विनोदकुमार गिरी सचिव थिए ।
यस्तै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवमा भोजराज काफ्लेलाई पठाउने निर्णय गरेको छ । उनी यसअघि चिकित्सा शिक्षा आयोगको सदस्यसचिव थिए । यस्तै सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको सचिवमा ज्ञान प्रसाद ढकाललाई कामकाज गर्न पठाउने निर्णय गरेको छ ।
यता वीर अस्पतालमा रामप्रसाद पाण्डेलाई सरुवा गरेको छ । उनी यसअघि लुम्बिनीको मुख्य मन्त्री कार्यालयको सचिव थिए ।
यी हुन सरुवा तथा कामकाजमा जिम्मेवारी हेरफेर भएका सहसचिवहरु
सम्पर्क इमेल : [email protected]