नर्सिङ परिषद्ले सार्वजनिक गर्यो लाइसेन्स परीक्षाको बार्षिक कार्यतालिका
काठमाडौँ, २६ बैशाख । नेपाल नर्सिङ परिषद्ले नाम दर्ता (लाइसेन्स) परीक्षाको बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । परिषद्को परीक्षा समितिले २०८० सालमा हुने तीनवटा लाइसेन्स परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो ।
परिषद्को परीक्षा समितिका अनुसार २०८० सालको पहिलो लाइसेन्स परीक्षा आगामी २३ असारमा हुने छ । यस्तै दोस्रो परीक्षा ९ मंसिर र तेस्रो परीक्षा ३ चैतमा हुनेछ ।
परिषद्मा अहिलेसम्म विशेषज्ञ नर्सको रुपमा १ हजार ३४१ जनाले दर्ता गराएका छन् । दर्ता भएका नर्सको संख्या ७३ हजार ८८९ जना रहेको छ । यस्तै दर्ता मिडवाईफको संख्या ५१ जना रहेको छ । यस्तै परिषद्मा दर्ता भएका अनमीको संख्या ३७ हजार २०३ रहेको छ । विदेशी नर्सहरुको संख्या ८४८ जना रहेको छ ।
काउन्सिलले दर्ता भएकामध्येबाट २६ हजार ३९३ जनाले नविकरण गरेका छन् । यस्तै १२ हजार ६६० जना अनमीले पनि लाइसेन्स नविकरण गरेको उल्लेख गरेको छ ।
सम्पर्क इमेल : [email protected]