औषधि व्यवस्था विभागका कर्मचारीको पदस्थापन तथा सरुवा

काठमाडौँ, २४ बैशाख । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागको केही कर्मचारीहरुको पदस्थापन तथा सरुवा गरेको छ ।

मन्त्रालयको गत १३ बैशाखको सचिवस्तरीय निर्णय अनुसार लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी औषधि व्यवस्थापकमा बढुवा भएका किरण बज्राचार्यलाई विभागमै पदस्थापन गरिएको छ ।

यस्तै विभागमा रहेका अर्का औषधि व्यवस्थापक प्रमोद केसीलाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ । प्रयोगशालामा रहेकी सजिता जोशीलाई भने विभागको वीरगञ्ज शाखामा सरुवा गरिएको बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *