प्रेमसागरले गरे १७४ औँ पटक रक्तदान

काठमाडौँ, २२ बैशाख । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १७४ औं पटक रक्तदान गरेका छन् ।

गोरखापत्र संस्थानको १२३ औं वर्ष प्रवेशको उपलक्ष्यमा बिहीबार संस्थान परिसरमा आयोजित रक्तदान कार्यक्रममा स्वयमसेवी रक्तदाता कर्माचार्यले १७४ पटक रक्तदान गरेका हुन् ।

स्वयंसेवकले निःशुल्क प्रदान गरेको रगत बिरामीले पनि निःशुल्क नै प्राप्त गर्नुपर्छ भन्ने आवाज उठाउँदै आएका कर्माचार्यले रक्तदान सम्बन्धी देशव्यापी जागरण फैलाउन नेपाल स्वयंसेवी रक्तदाता समाजको गठन गरी काम गर्दै आएका छनु ।

सो अवसरमा बोल्दै अध्यक्ष कर्माचार्यले ‘रक्तदान, मानव जीवनमा अतुलनीय, अनुकरणीय काम’ भन्ने नारासहित समाजले देशभर विभिन्न ३४ जिल्ला, नगर, गाउँ, वडा र एकाई समितिमार्फत् रक्तदानका लागि प्रेरित गर्ने थुप्रै कार्यक्रमको आयोजना गर्दै आएको बताए ।

उनले हालसम्म प्रयोगशालामा बनाउन नसकिने मानिसको जीवन बचाउन अत्यावश्यक तत्व ‘रगत’ दानका लागि कम्तीमा एक परिवार, एक स्वयंसेवी रक्तदाता अभियानमा सहभागी हुन आग्रह गर्दै हरेक व्यक्तिले आफ्नो १८ औं जन्म दिनदेखि रक्तदान गर्न सक्ने बताए ।

यसैबीच गोरखापत्र प्रकाशनको १२३ औं वर्ष प्रवेशको अवसरमा ३२ जनाले रक्तदान गरेका छन् । गोरखापत्र संस्थान र नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाद्वारा बिहीबार संस्थान परिसरमा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा उनीहरुले रक्तदान गरेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *