पूर्व स्वास्थ्यमन्त्री यादवले लिए शपथ

काठमाडौँ, १९ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

वैशाख १० गते भएको उपनिर्वाचनमा बार–२ बाट निर्वाचित भएका यादवलाई मंगलबार सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।

चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार नै शपथ लिएका थिए। शुक्रबार भएको शपथग्रहण समारोहमा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ खुवाउन लागिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *