वीर अस्पतालको छतको पर्खाल भत्किँदा चार जना घाईते

काठमाडौँ, १७ वैशाख । लगातार रुपमा पानी परेपछि वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएको छ ।

निरन्त रुपमा भईरहेको वर्षाको कारण पुरानो ईंट्टा मक्किएर छतको पर्खाल भत्किएको हो ।

अस्पतालका अनुसार पर्खालबाट केही ईंट्टा खसेर तल कोरिडोरमा हिँड्नेहरुलाई लागेको थियो । ईंट्टाले लागेर ४ जना घाईते भएका छन् । तल्लो तल्लाको टिनमा ठोक्किएर तल खसेकाले गम्भीर चोट भने नलागेको बुझिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *