चीनको सहयोगमा निर्माण सम्पन्न भएको निजामती कर्मचारी अस्पतालको नयाँ भवन हस्तान्तरण

काठमाडौँ, १५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको निजामती कर्मचारी अस्पतालको स्तरोन्नतिका लागि चीन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

निजामती सेवा अस्पताल, चिनियाँ दूतावास र ग्वाङ्जाओ इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीले शुक्रबार आयोजना गरेको हस्तान्तरण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले प्रविधि हस्तान्तरण र विशेष अस्पतालहरू विकास लगायतका स्वास्थ्य क्षेत्रका विषयहरूमा नेपाल र चीनबीच थप सहकार्य हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले अस्पताल र स्तरोन्नति र पुनःनिर्माणको परियोजनामा सहयोग गरेकोमा चीन सरकारलाई धन्यवाद समेत दिएका छन् ।

निजामती अस्पतालले स्तरोन्नति परियोजना मार्फत पूर्वाधार र सुविधाको विस्तार र स्तरोन्नति गरी बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल सक्षम भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले कोरोना कालमा कोभिड खोप, अत्यावश्यक चिकित्सा उपकरण र अन्य अत्यावश्यक चिकित्सा सामग्रीमा चीनले गरेको उदार सहयोगप्रति कृतज्ञ रहेको बताए ।

यसैबीच, चीनले ब्लड क्यान्सरको उपचारका लागि अस्पताललाई प्रविधि उपलब्ध गराउन सहमत भएको पनि जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *