पछिल्लो चौबिस घण्टामा थप १११ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
काठमाडौँ, १४ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप २ हजार ५१७ जनाको नमुना परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप ६० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप एक जना संक्रमित बिरामीको मृत्यु भएको छ ।
त्यस्तै, देशभर ३७८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमित बिरामीहरु मध्ये १८ जना संस्थागत आईसोलेसनमा, ६ जना आइसीयुमा र १ जना भेन्टीलेटरमा उपचाररत रहेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]