एमडी/एमएसको नयाँ शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्न माग

काठमाडौँ, १३ वैशाख । चिकित्सा शिक्षा स्नातकोत्तर तह (एमडीएमएस) को तयारी गरिरहेका चिकित्सकहरुले नयाँ शैक्षिक कार्यक्रम तत्काल सुरु गर्न माग गरेका छन् ।

मंगलबार एक बिज्ञप्ति जारी गर्दै चिकित्सकहरुले नयाँ शैक्षिक कार्यक्रम तत्काल सुरु गर्न माग गरेका हुन् ।

एमडीएमएस तर्फको शैक्षिक सत्र सुरु हुन नसक्दा आफूहरुलाई मानसिक तनावका साथै आर्थिक समस्या समेत थपिएको उनीहरुको भनाई छ।

विश्वविद्यालय, क्याम्पस तथा प्रतिष्ठानहरुमा अधिकांश आकाङ्क्षी चिकित्सकहरुले तोकिएको शुल्क र प्रक्रिया पुरा गरी शैक्षिक सत्र सुरु हुनै लागेको अवस्थामा पछिल्लो घट्नाक्रमले थप अन्यौलता सिर्जना भएको बताका छन् ।

सर्बोच्च अदालतले एमडीएमएसको नयाँ शैक्षिक कार्यक्रम तत्काल सञ्चालन नगर्न र गरिसकेको भएपनि यथास्थितिमा राख्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *