अस्पतालहरुलाई १० प्रतिशत शैय्या विपन्नका लागि छुट्याउन पुन: ताकेता
बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नुपर्ने

काठमाडौँ, १३ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई कुल शैय्याको १० प्रतिशत शैय्या उपचारका लागि आउने विपन्न, असहाय, वेवारिसे बिरामीको लागि छुट्याई निशुल्क उपचार दिन पुन ताकेता गरेको छ ।
मन्त्रालयले आज सबै सरकारी निजी सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई परिपत्र गर्दै १० प्रतिशत शैय्या निशुल्क गर्न भनेको हो ।
परिपत्रमा निशुल्क शैय्या सम्बन्धी व्यवस्था स्वास्थ्य संस्था संञ्चालन सम्वन्धी मापदण्ड २०७७ को दफा ७० घ उल्लेख भए अनुसार गर्नु पर्ने भनिएको छ ।
यस्तै मन्त्रालयले सोही मापदण्डको ७२ (ट)मा उल्लेख भएको बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधी समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्न समेत निर्देशन दिएको छ ।
मन्त्रालयले आफ्नो अनुगमनका क्रममा अस्पतालहरुले यी मापदण्डको पालना नगरेको भनेको छ ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

