राष्ट्रपतिको उपचारबारे जानकारी गराउन सांसदको माग

काठमाडौँ, १३ वैशाख । राष्ट्रिय सभा सदस्य डा.विमला राई पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बारे सदनलाई जानकारी गराउन माग गरेकी छन् ।

बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्व परराष्टमन्त्रीसमेत रहेकी पौडेलले नेपालमा कुन-कुन रोगको उपचार हुँदैन र त्यसलाई सुधार गर्न के-के गर्नुपर्ने हो यसबारेमा सरकारले गम्भिर भएर सोच्नु जरुरी छ ।

उनले भनिन्, ‘हाम्रो देशको राष्ट्रपतिज्यू करिब १० दिनदेखि भारतमा उपचार गरिराख्नुभएको छ । बिरामी हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ । तर सरकारबाट यसको आधिकारिकता के भएको हो उहाँलाई रु नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुन्नथ्यो ? अनि उहाँको सुधार कस्तो भइराखेको छ रु यो विषयमा सरकारले जनताहरूको लागि सदनमा जानकारी गराउनुपर्छ । वीर अस्पतालमा भिभिआइपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागेको छ । हाम्रा भिभिआइपीहरू धेरैजसो बाहिरै गएर उपचार गराइरहनु भएको छ । कुन–कुन रोगको नेपालमा उपचार हुँदैन रु र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्छ।’

त्यस्तै, राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बजेट अभावका कारण निर्माण हुन नसकेको र पठन पाठन मा समेत समस्या भएको भन्दै यसको व्यवस्थापनका लागि सरकारसँग माग गरिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *