अमेरिकाको नर्थ क्यारोलिनामा नेपाली चिकित्सकहरुको सम्मेलन हुने

काठमाडौँ, १३ वैशाख । अमेरिका नेपाल मेडिकल फाउन्डेसन (ए.एन.एम.एफ)ले आयोजना गर्न लागेको २७ औं वार्षिक सम्मेलन यही मे ५ देखि ७ गते सम्म अमेरिका स्थित नर्थ क्यारोलिनाको सार्लोटमा हुने भएको छ।

“सञ्जाल र समन्वयका साथ अघि बढौँ” भन्ने नाराका साथ यस सम्मेलन हुन लागेको हो । सन् १९९७ बाट सुरुवात भएको यस अमेरिका नेपाल मेडिकल फाउन्डेसनले स्थापनाकाल देखिनै नेपालको बृहत्तर स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको छ ।

यसले शिक्षा, तालिम र अनुसन्धानको प्रवर्द्धनका लागि पूर्वाधार निर्माण देखि चिकित्सा क्षमता अभिवृद्धि सम्मका विभिन्न गतिविधि सञ्चालन गरी नेपालको स्वास्थ्य सेवालाई अघि बढाउन सक्रिय हुँदै आइरहेको छ ।

नेपालको स्वास्थ्य क्षेत्रमा रुचि राख्ने प्रवासी नेपालीहरूको बढ्दो सङ्ख्याको साथ अमेरिका नेपाल मेडिकल फाउन्डेसनले नेपाललाई आफ्नो स्वास्थ्य लक्ष्यमा पुर्‍याउनका लागि अमेरिकाबाट थप विशेषज्ञता र स्रोतहरू जुटाउने प्रयास गर्दै आएको छ ।

यस वार्षिक सम्मेलनले ती कामका लागि सञ्जाल निर्माण, विचार आदान प्रदान र योगदानका तरिकाहरू खोज्ने छ फाउन्डेसनका अध्यक्ष डा विनोद खड्काले विश्वास व्यक्त गरे ।

फाउन्डेसनका सचिव डा जीवन लामिछानेका अनुसार सम्मेलनमा करिब ३ सय जना विभिन्न क्षेत्रका विज्ञहरू उपस्थित हुनेछन् । सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न तिव्र रुपमा तयारी भइरहेको आयोजक कमिटीका संयोजक डा सुमन राज रेग्मीले जानकारी दिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *