चीनको एक अस्पतालमा भएको आगलागी परी बिरामी, आफन्त र नर्स सहित २९ जनाको मृत्यु
एजेन्सी । बृद्धबृद्धाको उपचार गर्ने बेइजिङको एक अस्पतालमा मंगलबार दिउसो भएको भिषण आगलागीमा कम्तिमा २९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ जना त्यहाँ उपचाररत बिरामी, एक जना नर्स, एक जना प्यारामेडिक्स र एक जना बिरामीको आफन्त रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।
अधिकारीहरुले अस्पतालबाट हामफाल्दा ठूलो संख्यामा बिरामीहरु गम्भीर घाइते भएको उल्लेख गरेका छन् ।
अस्पतालको मर्मत सम्भारका लागि प्रयोग गरिएका प्रज्वलनशील पदार्थबाट आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखिएको अधिकारीहरुको दावी छ ।
सो घटना गम्भीर लापरवाहीको पराकाष्ट हो भन्दै अधिकारीहरुले अस्पताल निर्देशक, निर्माणकम्पनीको ठेकेदार तथा अरु सहयोगी सहित १२ जनलाई पक्राउ गरि आवश्यक अनुसन्धान सुरु भएको जनाएका छन् ।
बेइजिङस्थित फेङ्गताई जिल्लाका उप प्रमुखले आगोमा परी १६ जना महिला र १३ जना पुरुषको ज्यान गएको बताए । उनले मृत्यु भएकाहरुको औषत उमेर ७१ वर्ष रहेको जानकारी दिए ।
घटनाको बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले मृत्यु प्रति गहिरो शोक व्यक्त गर्दै घटनालाई दुई दशक यताकै सबैभन्दा घातक भएको उल्लेख गरेका छन् ।
साथै उनीहरुले मंगलबार दिउसोको यो घटना के कारणले भयो भने छानवीन प्रक्रिया अघि बढाएको बताएका छन् ।
सम्पर्क इमेल : [email protected]