एमाले अध्यक्ष ओली बिरामी

काठमाडौँ, ३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन् । उनलाई ज्वरो आएको छ । चिकित्सकहरुले उनलाई एन्टीबायोटिक औषधि चलाएका छन् । अहिले उनी घरमै स्वास्थ्य लाभ गरेर बसेको बताइएको छ ।

त्यसो त ओली स्वयंले आफू अस्वस्थ भएको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । उनले आफूलाई भाइरल ज्वरोको कारण स्वास्थ्यमा समस्या आएको बताएका छन् । आफू अहिले एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरेको उल्लेख गरेका छन् ।

सचिवालयका एक सदस्यका अनुसार ओलीलाई विगत तीन चार दिन देखि ज्वरो आएको छ । गत हप्ता झापा पुगेर फर्केपछि उनलाई विसन्चो भएको हो । उनको स्वास्थ्य चिकित्सकहरु डा दिव्यासिंह शाह र डा दिलीप शर्माले हेरिरहेका छन् ।

अध्यक्ष ओलीले आफू अस्वस्थ भएका कारण तनहुँ, चितवन र बारामा आगामी १० बैशाखमा हुन लागेको चुनावी अभियानमा सहभागी हुन नसकेको बताएका छन् । उनले आफ्ना पार्टीका उम्मेद्धारलाई भोट हालेर विजयी गराउन समेत मतदाता समक्ष अपिल गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *