नेपालले ल्यायो कोभिडविरुद्धको झण्डै ६ करोड डोज खोप, कति किनेको ? कति सहयोगमा प्राप्त ?

काठमाडौँ, १ बैशाख । कोभिड -१९ को महामारीबाट सुरक्षित हुनका लागि नेपालले देश बाहिरबाट कुल ५ करोड ८८ लाख ९१ हजार ९७० डोज खोप ल्याएको छ । पछिल्लो केही महिनामा मात्रै ३० लाख डोज खोप आएको थियो । जो खोप अहिले पनि बुस्टर डोजको रुपमा ईच्छाएका व्यक्तिहरुलाई उपलव्ध गराइएको छ ।

महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार कुल आयात भएका खोप मध्ये ३७ प्रतिशत मात्रै खरीद गरिएको हो । त्यसबाहेक ३३ प्रतिशत कोभ्याक्स सुविधा र ३० प्रतिशत विभिन्न दातृराष्ट्रले अनुदानमा दिएको हो ।

महालेखाका अनुसार प्राप्त खोपमध्ये एक तिहाई बढी अर्थात ३४ प्रतिशत चिनिया खोप भेरोसेल थियो । १६ प्रतिशत भारतमा बनेको कोभिसिल्ड र अरु ५० प्रतिशत, मोर्डना, फाइजर लगायतका रहेका छन् ।

सरकारले भारतको एक कम्पनीबाट १० लाख डोज कोभिसिल्ड र चीनको एक कम्पनीबाट १ करोड डोज भेरोसल, गाभी एलायन्सको सम्झौँता अनुसार ५९ लाख ३६ हजार ४०० डोज, कोभ्याक्स कस्ट सेयरिङ अन्तरगत ४० लाख ८०० डोज मोर्डना समेत गरी कुल २ करोड १९ लाख ३७ हजार २०० डोज खोप खरीद भएको विवरण प्राप्त भएको छ ।

तर चीनबाट अनुदानमा प्राप्त ४० लाख डोज सिनोभ्याक खोपको प्राविधिक परीक्षण नभएकोले प्रयोगमा ल्याइएको छैन् । महालेखाले उक्त खोपको म्याद समाप्त हुन अव करीव ८ महिना (डिसेम्बर १९ २०२३) सम्म रहेको उल्लेख गरेको छ ।

महालेखाले खपत हुन नसकेको खोपलाई उचित व्यवस्थापन गर्न सुझाव दिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *