पेट दुखेर आत्तिएका बृद्धको एक्सरे गर्दा भेटियो रक्सीको बोतल
धनगढी, ३० चैत । धनगढीका एक बृद्धको पेटमा सिंगै रक्सीको बोत्तल भएको पाइएको छ । आज दिउसो पेट दुख्यो भन्दै सेती प्रादेशिक अस्पताल पुगेका धनगढी १४ फुलबारीका ६१ बर्षीय जमानसिंह रोक्का मगरको परीक्षणका क्रममा पेट भित्र रक्सीको बोतल पाइएको हो ।
अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायका अनुसार पेट दुख्यो भन्दै आएका रोक्का मगरलाई चिकित्सकले तत्कालै पेट तथा छातीको एक्सरे गर्न लगाएका थिए । एक्सरेको रिपोर्ट हेर्दा उनको पेटभित्र रक्सीको बोतल देखिएको हो ।
‘बिरामी आज नै पेट दुख्यो भनेर चेकअप गर्न आउनुभएको हो, एक्सरेपछि मात्रै बिरामी आफैंले पेटमा बोतल छ भन्ने कुरा थाहा पाउनुभयो,’ उनले भने।
मगरका अनुसार उनको पेटमा बोतल गएको दुई दिन जति भयो। मेडिकलमा सामान्य उपचारपछि पेट असाध्यै दुख्न थालेपछि उनी अस्पताल पुगेका थिए।
दुई दिनअघि मदिरा सेवा गरिसकेपछि साथीहरुले मलद्वारबाट बोत्तल घुसाइिदएको बिरामीलाई उद्दृत गर्दै अस्पतालका व्यवस्थापक वेदप्रकाश जोशीले जानकारी दिए। यस विषयमा विस्तृत विवरण भने आइसकेको छैन। रोक्काको अस्पतालमा उपचार भइरहेको छ।
यस्तै समस्या गत महिना रौतहटको गुजरा नगरपालिका–९ का २६ वर्षीय नुर्साद मन्सुरीमाथि पनि भएको थियो । रक्सी खाएर वेहोस अवस्थामा पुगेका उनलाई संग बसेका साथीहरुले मलद्धारबाट बोतल छिराईदिएका थिए ।
उनको चितवनस्थित कलेज अफ् मेडिकल साइन्सेज भरतपुरमा चिकित्सकहरुले शल्यक्रिया गरि निकालिदिएका थिए । उनी करीव एक महिना लामो उपचार पछि अघि डिस्चार्ज भएका छन् ।
सम्पर्क इमेल : [email protected]