औषधिका सन्दर्भमा भेरी अस्पतालले गर्यो चिकित्सक देखि बिरामीसम्मलाई ‘सर्कुलर’
नेपालगञ्ज, २९ चैत । नेपालगञ्जस्थित भेरी अस्पतालले अस्पताल फार्मेसीबाट बिक्री बितरण हुने औषधि औषधिजन्य सामग्री सर्जिकल सामग्री तथा बिरामीको उपचारमा प्रयोग हुने अन्य बस्तुको प्रयोगबारे मुख्य सरोकारवाला पक्षका लागि सर्कुलर जारी गरेको छ ।
अस्पतालले औषधि र औषधिजन्य सामग्रीको प्रयोगका प्रिस्किप्सन लेख्ने चिकित्सक, अस्पताल फार्मेसी, ड्युटी नर्स, वार्ड इन्चार्ज, राउण्डमा जाने डाक्टर र स्वयं बिरामीहरुले पालना गर्नुपर्ने नियम र ध्यान दिनु पर्ने कुराहरुबारेमा सर्कुलर जारी गरेको हो ।
चिकित्सकले बिरामीका लागि के कसरी प्रेस्काइव गर्ने, फार्मेसीले कसरी सहि औषधि उपलव्ध गराउने, ड्युटि नर्स, वार्ड इन्चार्ज, राउण्डको डाक्टर र बिरामीले के के गर्दा राम्रो र के गर्न नहुने भन्ने बारेमा समेत स्पष्ट पारिएको छ ।
यस्तो छ अस्पतालले जारी गरेको सर्कुलर
चिकित्सहरूले पालना गर्नुपर्ने :
# औषधि लेख्दा स्पष्ट रुपमा देहायका कुरा खुल्नुपर्नेछ :
- Form (Inj, Tab, Cap, Syr etc)
- Particulars (Generic वा Brand)
- Strength (mg, mcg etc)
- Each dose (एक पटकमा कति ट्याब/कति ml)
- Duration र Amount (कति दिनको लागि, कति संख्या/मात्रा आबश्यक हो)
- Preparation Instruction (Injectables को हकमा)
- Special Instructions (जस्तै: महिनाको ७ दिन मात्र खाने र अर्को महिना पुन: ७ दिन मात्र खाने)…..
#ओपिडीबाट औषधि प्रेस्क्राइब गर्दा यथासक्य फार्मेसीमा पाइने औषधि मात्र प्रेस्क्राइब गर्नुपर्नेछ ।
#अस्पताल फार्मेसीमा उपलब्ध धेरै प्रयोगमा आउने औषधिहरूको लिस्ट छिट्टै अर्को परिपत्रमार्फत जानकारी गराइनेछ ।
# कुनै पूर्वाग्रह राखेर बिरामीलाई यो फार्मेसीबाट औषधि किन्नुहोला भनेर प्रभावित गर्न पाइने छैन ।
# Rational Use of Drugs लाई ध्यानमा दिएर मात्र औषधि प्रस्क्राइब गर्ने । Polypharmacy लाई निरुत्साहित गर्ने ।
# यदि कुनै चिकित्सकले चिकित्सक आचरण विपरित औषधि लेखेको पाइएमा निजको “प्रेस्क्रिप्सन अडिट” गरि नियमनकारी निकायमा समेत पठाउन सकिनेछ ।
# अस्पताल फार्मेसीमा आफूले चाहेको कुनै Molecule/Composition/Product उपलब्ध नभएमा सो उपलब्ध गराइदिन फार्मेसिस्ट वा अस्पताल प्रशासनलाई जानकारी दिनु पर्नेछ ।
#Protein Powder/Nutraceuticals को प्रेस्क्रिप्सन निषेधित गरिएको छ ।
अस्पताल फार्मेसी/Dispensing Site :
# फार्मेसीबाट औषधि दिंदा लेखिएको औषधि र डोज क्रस चेक गरेरमात्र दिने।
# औषधि को नाम र डोज नबुझेको खण्डमा अनुमान गरि औषधि नदिने।
#नबुझिने स्लिप/प्रेस्किप्सन पुनः वार्ड वा ओपीडीमा फिर्ता गरि स्पष्ट भएपश्चात मात्र डिस्पेन्स गर्ने।
# कुनै नयाँ मोल्यूकूल अस्पतालको चिकित्कहरुले लेख्न थालेको, फार्मेसीमा त्यसको माग आउन थालेमा र उक्त आइटम अस्पतालको वार्षिक टेन्डरमा समावेश नभएको भएमा उपलब्ध गराउनको निम्ति फार्मेसी इन्चार्ज र अस्पताल प्रशासनलाई जानकारी गराउने ।
# सरकारी प्रेषण अस्पतालको फार्मेसी भएको हुँदा सम्भव भएसम्म Orphan Drugs र Emergency Drugs, Opiates समेत अविच्छिन्न रुपमा स्टकमा राख्नुपर्नेछ ।
# अस्पतालको माग र चिकित्सकको प्रेस्कृप्सन अनुसार आगामी वर्षको टेन्डरको निम्ति अस्पताल प्रशासनलाई पृष्ठपोषण दिने ।
ड्यूटी नर्सले पालना गर्नुपर्ने :
# वाडमा औषधि आइसकेपछी पठाएको अर्डर स्लिप अनुसार औषधी छ कि छैन भनि वार्डको अन डुयुटी नर्सद्वारा चेक गर्नुपर्ने त्यसैगरी बिरामीलाई औषधि लगाउनु पूर्व डोज र औषधी सही छ वा छैन भनी कार्डेक्समा भेरीफाई गरेर मात्र औषधी दिनुपर्ने ।
# वार्डबाट बिरामीको लागि औषधि मगाउदा बिरामीको नाम, बेड न.,मिति र कर्मचारीको हस्ताक्षर हुनपर्ने।
# बिरामीको औषधिको बारेमा लेख्दा औशधिको नाम, डोज, मात्रा ,दिइने रुट र दर(वटा) स्सपष्ट रुपमा लेख्नुपर्ने ।
# बिरामीको आग्रहमा मात्र कुनै पनि औषधि नमगाउने र नलेख्ने।
# बिरामीलाई औषधि दिदा नियमअनुसार ३ चोटि चेक गरेर मात्र औसधि दिने।
# औषधि दिने बेला पालना गर्नुपर्ने ( Rights (Right patient ,Right medicine, Right time, Right dose, Right route and Right documentation) पालना गरेर मात्र औसधि दिने।
# वाडमा औषधि दिने समयमा फार्मेसीबाट लेखिएको दरमा र सहि औषधि आएको छ कि छैन भन्ने पनि हेर्ने ।
# यदि कुनै औषधि नबुझिएमा वा कुनै संकोच भएमा कन्फर्म गरेर मात्र मगाउने।
# बिरामीलाई औषधि दिइसकेपछि मात्र Cardex मा हस्ताक्षर गर्ने र यदि दिइएको छैन भने वा औषधि नै छैन भने तेहिअनुसारको वाड मा प्रयोग गरिने Abberiviation प्रयोग गर्ने।
# सबै अस्पतालको कर्मचारीहरुले अस्पतालको फार्मेसीबाट नै औषधि किन्न प्रोत्साहन गर्ने।
वार्ड इन्चार्जले पालना गर्नुपर्ने :
- हरेक दिन वार्डमा भएका कार्देक्सहरु एक पटक निरीक्षण गर्ने जस्ले गर्दा कहि कतै त्रुटि भएमा सुध्रने अवसर मिल्नेछ।
- वार्डमा भएको इमर्जेन्सी ट्रलीमा इमर्जेन्सी औषधि हरु Up to date राख्ने र Inventory maintain गर्ने।
- वार्डमा Expire भएको औषधि हरुको बिवरण बनाइ मात्र Discard गर्ने।
- ईमर्जेन्सी ट्रलीमा औषधिहरु Replace गरेको या नगरेको कुरा अवलोकन गर्ने र नगरेमा त्यससम्बन्धी छलफल गर्ने ।
स्टाफहरुले Basic 5 Rights प्रयोग गरे नगरेको निरीक्षण गर्ने। - वार्डमा औषधि सन्धि अनियमितता भएमा तुरुन्त त्यसमा बैठक बसि छलफल गरि सुधार गर्ने।
राउन्डमा जाने डाक्टरले पालना गर्नुपर्ने:
- राउन्डको बेलामा औषधि लेख्दा सकेसम्म Generic Name प्रयोग गर्ने ,यदि Generic Name लेख्न सम्भव नभएमा नयाँ नयाँ Brand Name को पछाडि Generic Name लेख्नुपर्ने।
- कार्देक्समा औषधि लेख्दा औषधि लेखेको दिनको Date, पूरा औषधिको बिवरण (Name of medicine,Dose,Route,form and frequency) लेखी आफ्नो हस्ताक्षर गर्नुपर्ने ।
- वार्डमा राउन्ड तोकिएको समयमा आउने।
बिरामीहरूलाई विशेष अनुरोध:
- औषधि किन्नको लागि लेखेको पर्चामा आफ्नो बिरामीको बेड नम्बर र नाम छ कि छैन भनेर हेर्ने र कर्मचारीको हस्ताक्षर पनि याद गर्ने , यदि छैन भने सबै लेखाएर मात्रै फार्मेसीमा जाने।
- औषधि किन्न जादा औषधि को नाम नबुझेपनि कतिवटा औषधि लिनपर्ने थियोे र कतिवटा आयो भन्ने कुरा मात्रै भएपछि याद गर्ने।
- औषधि किन्ने ठाँउमा भिडभाडको बेलामा औषधि लिदा पनि आफ्नो नाम चेक गरेर मात्र औषधि लिएर आउने।
- वार्डमा स्वास्थ्यकर्मी (कर्मचारीहरु) लाई सोधेर मात्र औषधि खाने, आफ्नो तरिकाले औषधि नखाने।
- वरिपरि कुनै दलालहरुले औषधि बाहिर बाट लिने हो भनेर फकाउन खोजेमा , उनीहरुको कुरामा नबहकिने, सबै औषधि अस्पतालको फार्मेसीबाटनै लिने, यदि कुनै नपाईएमा मात्र बाहिर जाने।
सम्पर्क इमेल : [email protected]