भरतपुर अस्पतालको नाममा कोरोनाको नक्कली पीसीआर रिपोर्ट
काठमाडौँ, २८ चैत । चितवनस्थित भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर दुरुपयोग गरी नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गरी अस्पतालको लेटर हेड र डिजिटल सिग्नेचर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्ट तयार पारिएको पाइएको जानकारी दिएका हुन् ।
अस्पतालमा गत माघ १३ गतेदेखि नै कोरोनाको पीसीआर परीक्षण रोकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । एन्टिजेन परीक्षण भने जारी रहेको अस्पतालले जनाएको छ ।
तर एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरूले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएकाले सम्बन्धित सबैलाई सचेत रहन अस्पतालले अनुरोध गरेको छ ।
सम्पर्क इमेल : [email protected]