एकैदिन थप १२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २७ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त भई २९ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ९ सय ३ जनाको पीसीआर र १ हजार ६६३ जनाको एन्टीजेन गरी २ हजार ५६६ जनाको नमुना परीक्षण गर्दा १ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये काठमाडौँ उपत्यकामा २१ जना संस्थागत आईसोलेसनमा, १० जना आइ. सी. युमा र ४ जना भेन्टीलेटरमा उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *