‘र्‍याम्प शो’ मा यसरी प्रस्तुत भए क्यान्सर विजेताहरु (फोटो/ भिडियो)

 

काठमाडौँ, २४ चैत । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सहयोग समूह आयोजनामा ‘क्यान्सर सर्भाइवर र्‍याम्प शो’ को तेस्रो संस्करण बिहीबार सम्पन्न भएको छ ।

ललितपुरको हिमालयन होटलमा भएको उक्त ‘र्‍याम्प शो’ मा क्यान्सर जितेका व्यक्ति, क्यान्सर रोगको उपचारमा खटिएका चिकित्सक, नर्स तथा केही सेलिब्रेटीहरुले सहभागिता जनाएका थिए ।

‘र्‍याम्प शो’  को उद्घाटन बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गरेका थिए ।

क्यान्सरबारे जनचेतना जगाउनका साथै क्यान्सर लाग्दैमा ज्यान जाँदैन, क्यान्सरको उपचारपछि पनि जीवन सम्भव छ भन्ने मुख्य उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो नेपाल क्यान्सर सहयोग समूहकी उपाध्यक्ष एवम कार्यक्रमकी संयोजक स्वरुपा श्रेष्ठले बताईन् ।

क्यान्सर सर्भाइभरहरु र्‍याम्पमा उत्रिनु अघि कार्यक्रममा डाक्टर, नर्स, क्यान्सर जितेका व्यक्तिहरुले गायन, नाच प्रस्तुती गर्नुका साथै कविता वाचन गरेका थिए । शोमा क्यान्सर जितेका ५० भन्दा बढी व्यक्तिको सहभागिता थियो ।

कार्यक्रममा सहभागि भएकी मिस नेपाल २०२२ प्रियंका रानी जोशीले मनोबल मानिसको सबै भन्दा ठूलो तागत भएको र त्यही तागतले क्यान्सर जित्न सकेकोमा क्यान्सर सरभाइभरको प्रशंसा गरिन ।

र्‍याम्प शो मा साना साना बालबालिका देखि पाका उमेर समूहका क्यान्सर बिजेताहरु सहभागी थिए ।

 

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *