लुम्बिनी प्रदेश सरकारद्धारा तीन जना बरिष्ठ चिकित्सकहरुको जिम्मेवारी हेरफेर

दाङ, २० चैत । लुम्बिनी प्रदेश सरकारले तीन जना चिकित्सकको जिम्मेवारी हेरफेर गरेको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश अन्तरगर्तका अस्पतालमा कार्यरत मेसु तथा बरिष्ठ चिकित्सकहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरीटेन्डन्टमा डा सुदर्शन थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले जिल्ला अस्पताल पाल्पामा कार्यरत डा। विष्णु गौतमलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सरुवा गरेको छ ।

यसैगरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डा। इन्द्र ढकाललाई जिल्ला अस्पताल पाल्पामा सरुवा गर्ने निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *