कैदीबन्दीहरुको स्वास्थ्य उपचार ब्यवस्थित गर्न केन्द्रीय कारागार अस्पतालमा बृहत छलफल

120
Shares

काठमाडौँ, १६ चैत । केन्द्रीय कारागार अस्पताल जगन्नाथ देवलले कैदी बन्दीको स्वास्थ्य उपचारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन भन्दै मुख्य सरोकारवाला अस्पतालसंग छलफल चलाएको छ ।

बुधबार कैदीबन्दीहरुलाई विशेषज्ञ स्वास्थ्य उपचार सेवा प्रदान गर्न सम्झौँता गरिएका अस्पतालका निर्देशक तथा फोकल पर्सनलाई जगन्नाथदेवल बोलाई उनीहरुसंग छलफल गरेको हो ।

कैदीवन्दीहरुलाई विशेषज्ञ सेवा सहितको उपचार दिन केन्द्रीय कारागार अस्पतालले उपत्यकाका १८ वटा अस्पतालसंग सम्झौँता गरेको छ ।

कैदीवन्दीको उपचार गर्ने अस्पताल कुन कुन हुन् ?
केन्द्रीय कारागार अस्पतालका प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार थप बिशिष्टिकृत परामर्श र उपचारको लागि कैदीवन्दीहरु प्रेषण भई जाने अस्पतालहरुमा वीर अस्पताल,राष्ट्रिय ट्रमा सेन्टर,गंगालाल राष्ट्रिय ह्दय केन्द्र,त्रिबि शिक्षण अस्पताल,परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल,कान्ति बाल अस्पताल रहेका छन् ।

यस्तै शुक्रराज ट्रपिकल तथा तथा सरुवा रोग अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक तथा भ्यास्कुलर केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, नेपाल आँखा अस्पताल, हेल्थ केयर फाउन्डेसन, आनन्दवन अस्पताल, बीपी स्मृती अस्पताल, एनआरएल, नेपाल रेडक्रस सोसाईटी लगायतका अस्पताल र स्वास्थ्यसंस्थाहरु रहेका छन् ।

डा. बुढाथोकीले ती अस्पताल तथा स्वास्थ्य संस्थामा कैदी वन्दीको सुरक्षालाई ध्यान दिदै फास्टट्रयाकमा उपचार गर्न तथा हरेक भुक्तानीलाई क्यासलेस बनाउन सम्झौता गरिएको बताए ।

कैदीबन्दीहरुको स्वास्थ्य उपचार ब्यवस्थित गर्न गृह मन्त्रालय अन्तरगत २०७० मा १५ र २०७५ सालमा ३० शैया क्षमतामा सञ्चालित यो अस्पताल निकट भबिष्यमै ५० शैयामा स्तरोन्नती गरिने भएको छ ।

यो अस्पताल देशभरका कैदीबन्दीको प्रेषण केन्द्र तथा केन्द्रिय,भद्र र महिला सुधार गृहको नियमित अस्पताल हो ।

यो अस्पतालमा गत १ चैत देखि स्वास्थ्य बीमा गरिएका कैदी बन्दीको समेत उपचार थालिएको छ ।

डिल्लीबजार र जगन्नाथदेवलका बिमित कैदीबन्दीहरुको प्राथमिक अस्पताल तथा देशभरको प्रेषण अस्पताल पनि हो । अहिले त्यस अस्पतालबाट औषधी सेवन गरिरहेका दीर्घरोगीको संख्या १ हजार १ सय ७५ जना रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *