केडीसी अस्पतालमा नि:शुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण
काठमाडौँ, २४ फागुन । आज ८ मार्च अर्थात अन्तराष्ट्र्रिय महिला दिवस । देशभर विविन्न कार्यक्रम गरि मनाइएको छ ।
यता बसुन्धरास्थित केडीसी अस्पतालले भने दिवसकै अवसर पारेर बुधबार महिलाहरुको लागि निशुल्क रुपमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन गरेको छ । सोही अवसरमा सेवा लिन आएका महिलाहरुलाई स्त्री रोग विशेषज्ञद्धारा निशुल्क परामर्श समेत दिईएको छ ।
अस्पताल व्यवस्थापनमा कार्यरत सुरुची खड्काका अनुसार विहान १० बजे देखि २ बजेसम्म चलेको शिविरमा ६८ जना महिलाले सेवा लिएका थिए । त्यसमध्ये ५० जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण (प्यापस्मेयर टेष्ट) गरिएको थियो ।
यसैबीच अस्पतालले महिला दिवसको अवसरमा लामो समय देखि कार्यरत आफ्ना दुई जना महिला कर्मचारीलाई अवार्डद्धारा सम्मान गरेको छ ।
महिला कर्मचारीहरु रमिता खत्री र रिता श्रेष्ठलाई अवार्ड सहित सम्मान गरिएको हो ।
केडीसी टिचिङ अस्पतालको ओरल मेडिसिन विभागकी प्रमुख डा प्रतिक्षा श्रेष्ठ र एकेडेमिक कोअर्डिनेटर डा सुजन न्यौपानेले अवार्ड वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले विशेष दिनको अवसर पारेर केडीसीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत निशुल्क स्वास्थ्य परीक्षण तथा महिला कर्मचारी सम्मानको कार्यक्रम राखेको बताए ।
उनले अस्पतालले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि जारी राख्ने जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]