अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महिला विभागद्धारा ‘वाकाथन’

380
Shares

काठमडौँ, २४ फागुन । आज ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस । ‘लैङ्गिक समानताको बलियो आधार ,सिर्जनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार’  भन्ने नाराका साथ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महिला बिभागले आज बृहत ‘वाकाथन’ कार्यक्रम आयोजना गरेको छ ।

महासंघको कार्यालय टेकु देखि सुरु भएको वाकाथन त्रिपुरेश्वर थापाथली हुँदै माइतीघरमा आएर सकिएको थियो । वाकाथनमा नेकपा एमालेका सचिव एवं स्वास्थ्य विभाग इन्जार्ज योगेश भट्टराई, महासंघका अध्यक्ष डा झलक गौतम, उपाध्यक्षहरु सारदा खनाल, जगत नेपाली, भिमराज सिंह, उप महासचिव तथा महिला बिभाग प्रमुख अमृता बराल र सचिव रुपा केसी लगायत स्वास्थ्यकर्मीहरु सहभागिता थियो ।

कार्यक्रममा महासंघका महिला विभाग प्रमुख समेत रहेकी उपमहासचिव अमृता बरालले समानताको कुरा व्यवहारमा लागू गर्नु पर्ने बताइन । ‘हामी स्वास्थ्यकर्मी हौँ । स्वास्थ्यका लागि मर्निङ गर्नु पर्छ भन्छौँ तर धेरै जसो घरबाट त्यो मर्निङ वाकमा निस्कने पुरुषहरु मात्रै देखिनुहुन्छ । मर्निङ वाककै लागि महिलाको पहुँच नपुगेको हो त ?,’ उनले भनिन्,  ‘यसलाई बदल्नु पर्छ ।’

स्वास्थ्य विभाग प्रमुख भट्टराईले आफू महिला समानताको कुरामा प्रतिवद्ध रहेको भन्दै पार्टीले पनि महिला समानताको कुरालाई व्यवहारिक रुपमा लागू गर्ने कोशिश गरेको बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष डा गौतमले लैगिंक समानता र महिलाको पहुँचको विषयमा आफ्ना भनाई राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *