नेपाल चिकित्सक संघको परिषद् सदस्यमा ६० जना चिकित्सक निर्वाचित

काठमाडौँ, २२ फागुन । नेपाल चिकित्सक संघको परिषद् सदस्यमा ६० जना सदस्य निर्वाचित भएका छन् । संघको विराटनगरमा भएको अल नेपाल मेडिकल कन्फ्रेन्स -२०२३ कै अवसर पारेर निर्वाचन समितिले परिषद् सदस्यको निर्वाचन गरेको थियो ।

निर्वाचनमा भाग लिने परिषद् सदस्यका लागि ६० जनाको मात्रै उम्मेद्धारी परेपछि सबै सदस्य निर्विरोध भएका हुन् ।

प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर राना मगरले परिषद्मा ६० जना निर्वाचनबाट आउने बताए । उनले कार्यकारिणीका १९ जना पनि परिषद्को पदेन सदस्य रहने र केही सदस्य कार्यकारिणीले पछि मनोनयन गर्ने व्यवस्था रहेको बताए ।

उनले कार्यकारी परिषद्ले कार्यकारिणीले ल्याउने नीति तथा कार्यक्रम, बार्षिक बजेट लगायतका कार्यक्रमहरु पास गर्ने काममा सयोग गर्ने बताए ।

चिकित्सक परिषद्को सदस्यहरुको पदावधी पनि तीन वर्षको रहनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *