‘अमेरिकी राष्ट्रपति जो बाइडेनलाई छालाको क्यान्सर’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो वाइडेनलाई छालाको क्यान्सर भएको खुलासा भएको छ । ह्वाइट हाउसका डाक्टर केविन ओ कोर्नरका अनुसार वाइडेनको छातीको छालामा घाउ भएको थियो ।

गत फेव्रअरीमा शल्यक्रिया गरि सो घाउ भएको छाला हटाइदिएका छ । शल्यक्रिया पछि गरिएको छालाको बायोप्सीमा वेसल सेल कार्सिनोमा भएको थाहा भएको थियो । यो भनेको छालाको क्यान्सरको सुरुवाती चरण हो ।

डा ओ कर्नरले भने, ‘शल्यक्रियाको क्रममा क्यान्सर फैलाउने सबै कोषहरुलाई हटाइदिएको छ । उपचार पछि वाइडेन स्वास्थ्य अवस्था सामान्य भएको छ । यद्धपी उनको स्वास्थ्य अवस्थालाई निगरान िपूर्वक हेरिएको छ ।’

गत १६ फ्रेब्रुरीमा गरिएको शरीरिक परीक्षणमा डा ओ कोर्नरले ८० बर्षीय बाइडेनको फिट रहेको बताएका थिए । उनले आफ्नो पद सम्हाल्न बाइडेन पूर्ण रुपमा सक्षम रहेको समेत दावी गरेका थिए ।

बाइडेनको श्रीमती र छोरामा पनि क्यान्सर थियो 

राष्ट्रपति बाइडेनकी श्रीमती अमेरिकाका फस्ट्रलेडि जिल बाइडेनमा पनि छालाको क्यान्सर थियो । जनवरीमा उनको पनि सर्जरी भएको थियो । ७१ वर्षीया जिलको एउटा आँखा भन्दा माथि र छातीबाट घाउ भएको छाला निकालेर बायोप्सीको लागि पठाइएको थियो । सो क्रममा छालाको क्यान्सर भएको पत्ता लागेको थियो ।

यता वाइडेनका छोरा ब्यू बाइडेनमा मस्तिष्कको क्यान्सर भएको थियो । उनको सन् २०१५ मा मृत्यु भएका थियो ।

बाइडेनको अरु स्वास्थ्य अवस्था कस्तो छ ?
८० वर्षीय बाइडेनलाई यसअघि विभिन्न रोगले सताएको थियो । केही रिपोर्टहरुले उनी डिमेन्सीयाका बिरामी हो भनिएको छ । बाइडेनको सन् १९८८ मा ब्रेन एन्यूरिजम भएको थियो । जसको उपचार भइसकेको छ । यो दोहोरिएर हुने सम्भावना २० प्रतिशत मात्रै रहेको चिकित्सकहरु बताउँछन् ।

यस्तै बाइडेनको गल ब्लाडर समेत झिकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *