प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा डा. युवराज शर्मा नियुक्त

काठमाडौँ, १६ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्राडा युवराज शर्मा नियुक्त भएका छन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रुपमा डा. शर्मालाई नियुक्त गरेको हो ।

डा.शर्मा हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘इन्टर्नल मेडिसिन’ विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत रहेका छन् ।

उनले सोमबार साँझ नियुक्तिको पत्र बुझेका छन् । डा. शर्माले इन्टरनल मेडिसिन र ग्यास्ट्रोइन्टेरोलोजीमा एमडी गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *