पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया सफल

काठमाडौँ, १२ फागुन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गदैँ माघ २९ गते भर्ना भएका पर्वतका ५४ वर्षीय एक पुरुषको मुखभित्रको ५ वर्ग सेन्टिमिटरको तेस्रो स्टेजको क्यान्सर शल्यक्रियाबाट हटाएर घाउमा बायाँ हातको मासु प्रत्यारोपण गरी सफलतापूर्वक सम्पन्न गरिएको जनाएकोे छ ।

विरलै हुने यस प्रकारको सर्जरी अस्पतालमा कार्यरत प्लास्टिक सर्जन डा.पियुष गिरीसहितको प्लास्टिक सर्जरी टिम र म्यागिलोफेसियल सर्जन डा। नारायण शर्मा लामिछानेसहितको दन्त चिकित्सकहरूको टोलीलले १० घण्टा लगाएर सम्पन्न गरेको हो।

शल्यक्रियापछि बिरामीको गलाको भित्री भाग पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएर फागुन ७ गते डिस्चार्ज भएको अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *