३१ औँ बर्षमा प्रवेश गर्यो स्पार्क हेल्थ होम अस्पताल
बार्षिक उत्सवको अवसरमा आज नि:शुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरिदै
काठमाडौँ, ११ फागुन । कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पताल आजबाट ३१ औँ बर्षमा प्रवेश गरेको छ । योग, प्राकृतिक चिकित्सा तथा फिजियोथेरापी विधिबाट उपचार क्षेत्रमा अघि बढेको यो अस्पताले अहिले आफ्नो बेग्लै पहिचान बनाइसकेको छ ।
बिरामीको विश्वास र उपचारमा पाएको सफलतासंगै उसले आफ्नो शाखाहरु मार्फत सेवालाई देशका विभिन्न स्थानमा पुर्याएको छ ।
अस्पतालका अध्यक्ष टंकनाथ पौडेलले यहाँ सम्म आइपुग्न सहयोग गर्ने शुभचिन्तक, कर्मचारी, सहयोगी लगायत सबैप्रति आफू र आफ्नो संस्था कृतज्ञ रहेको भन्दै भविस्यमा उपचार सेवालाई अझ प्रभावकारी बनाएर अघि बढ्ने बताए ।
अस्पतालका कार्यकारी निर्देशक रुपेश अधिकारीले उपलव्ध गराएको स्वास्थ्य सेवाको गुणस्तर र विश्वास नै स्पार्कको खास सफलता भएको उल्लेख गर्दै यसलाई थप उचाईमा पुर्याउने प्रयासमा रहेको बताए । उनले अस्पताललाई यहाँसम्म ल्याउन, सञ्चालकहरुसंगै स्वास्थ्यकर्मी तथा कर्मचारीको ठूलो हात रहेको उल्लेख गर्दै भविस्यमा पनि त्यहि साथका साथ अघि बढ्ने बताए ।
वार्षिकोत्सव कार्यक्रममा कर्मचारीको कामको सम्मान गर्दै र उनीहरुलाई हौसला प्रदान गर्नका लागि हरेक वर्ष जस्तै यसपटक पनि वर्षको उत्कृष्ट कर्मचारी घोषणा गर्दै पुरस्कार प्रदान गर्ने कार्यक्रम समेत रहेको अधिकारीले जनाए ।
निशुल्क स्वास्थ्य शिविर
यसैबीच अस्पतालले बार्षिकोत्सवको अवसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । अस्पताल परिसरमै आज विहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म विभिन्न रोगको निशुल्क जाँच गरिने अस्पतालका निर्देशक अधिकारीले बताए ।
उनका अनुसार प्यारालाइसिस (पक्षघात), ढाड, कम्मर, गर्धन, जोर्नीहरु दुख्ने, हड्डी खिइएको तथा नशा च्यापिकएको, बाथ रोग अन्तर्गतको आर्थराइटिस, घुँडा जोर्नीहरु दुख्ने लगायतका समस्याको जाँच तथा उपचार हुनेछ ।
सम्पर्क इमेल : [email protected]