कोभिडविरुद्धको नयाँ खोप : १५ लाख डोज १५ फागुनसम्म आईपुग्ने

काठमाडौँ, २७ माघ । कोभिडविरुद्ध प्रयोग हुने फाइजरको वाई भ्यालेन्ट खोप १५ फागुन सम्म १५ लाख मात्रा आइपुग्ने भएको छ । कोभ्याक्स सुविधा अन्तरगत निशुल्क प्राप्त हुने यो खोप पाँच खेपमा आइपुग्ने भएको हो ।

‘पहिलो खेप १ फागुनमा ३ लाख ४५ हजार, त्यसपछि ४, ८ र ११ फागुन पनि सोही परिमाणमा खोप आउने छ । बाँकी रहेको १ लाख २० हजार खोप १५ फागुन ल्याउने कार्यक्रम रहेको छ,’ स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्त खापूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले भने ।

उनले आएका खोपहरुलाई तत्काल प्रदेशमा रहेका भण्डारण केन्द्रमा वितरण गरी बुस्टर डोज लगाउनका लागि आव्यहान गर्ने बताए । यो १५ लाख खोपको लगाउने दर हेरेर थप खोप मगाउने वा नमगाउने भन्ने विषयमा निधो गर्ने विभागको तयारी छ ।

पछिल्लो समय कोभिड संक्रमण कम हुँदै जाँदा कोभिडविरुद्धको खोपको खोजी भएको छैन् । स्वास्थ्य मन्त्रालयको शुक्रबार (आज)को विवरण अनुसार पछिल्लो चौविस घण्टामा थप ३ जनामा कोरोना देखिएको छ । देशभर अहिले सक्रीय संक्रमितको संख्या ६ रहेको छ ।

नयाँ बाइभ्यालेन्ट खोप ओमिक्रोन ४ र ५ मा प्रभावकारी देखिएको भन्दै नयाँ भेरियन्टमा प्रभावकारी हुने विश्वास रहेको विज्ञहरु बताउँछन् ।

यो खोपको आपतकालिन प्रयोगका लागि गत १२ पुसमा बसको औषधि सल्लाहकार समितिको ५४ औँ बैठकले स्वीकृत गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *