भगवती तिमिल्सिनालाई यसवर्षको ‘क्रियाशिल स्वास्थ्य पत्रकारिता पुरस्कार’

काठमाडौँ, २२ माघ ।  स्वास्थ्य पत्रकार भगवती तिमिल्सिनालाई यसवर्षको क्रियाशिल स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

शनिबार स्वास्थ्य पत्रकार मञ्च नेपालको आठौँ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको अवसरमा आयोजित विशेष समारोहमा स्वास्थ्य मन्त्री पदम गिरीले सो पुरस्कार तिमिल्सिनालाई प्रदान गरे ।

नेपाल समाचार पत्र दैनिकमा दुई दशक देखि स्वास्थ्य विटमा कलम चलाएकी तिमल्सिनालाई उनको स्वास्थ्य पत्रकारितामा देखाएको अभिछिन्न सक्रियताको सम्मान गर्दै प्रदान गरिएको मञ्चले जनाएको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले यसवर्ष देखि स्थापना गरेको उक्त पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । सो पुरस्कारका लागि आर्थिक सहयोग मञ्चका सदस्य बासुदेव न्यौपानेले गरेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *