चिकित्सा शिक्षा तर्फ पीजीको म्याचिङ १४ पुस देखि

काठमाडौँ, ७ पुस । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन सम्पन्न भएको जनाएको छ ।

उसले प्रकाशित नतिजा अनुसार अब विद्यार्थीहरुको म्याचिङ प्रक्रिया अघि बढाएको जनाएको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै म्याचिङको कायर्यतालिका पनि सार्वजनिक गरेको छ।

आयोगले पुस १४ गतेदेखि म्याचिङको काम सुरु गर्ने जनाएको छ। सो काम १९ माघसम्म चल्ने तालिकामा उल्लेख छ ।

आयोगले २२ माघ देखि कक्षा प्रारम्भ हुने समेत जानकारी दिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *