कुकुर बिरालो बन्ध्याकरण कार्यक्रमका लागि काठमाडौँ महानगरले छुट्यायो १ करोड ६० लाख रुपैयाँ

36
Shares

काठमाडौँ, ६ पुस । काठमाडौँ महानगरपालिकाले मनुमित्र कार्यक्रम अन्तरगत कुकुर, बिरालो बन्ध्याकरण तथा भ्याक्सिनेसन कार्यक्रम अघि सारेको छ । आर्थिक बर्ष २०७९ /८० को बार्षिक कार्ययोजनामा मनुमित्र कार्यक्रमका लागि भन्दै महानगरले १ करोड ६० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

सो कार्यक्रम अन्तरगत महानगरले प्रति कुकुर बिरालो बन्ध्याकरणका लागि २५०० रुपैयाँ र भ्याक्सिनेसनका लागि प्रति कुकुर बिरालो २०० रुपयाँ अनुदान दिने जनाएको छ ।

महानगरले यी काम गर्नका लागि कार्यविधि बनाउने र संघ संस्थासंग कार्यसम्झौँताका लागि आव्हान गर्ने बताएको छ ।

महानगरको स्वास्थ्य विभाग पशु स्वास्थ्य महाशाखालाई यो कार्यक्रमलाई अघि बढाउन निर्देशन दिइएको छ ।

यस्तै महानगरले घरपालुवा पशुपंक्षीको अभिलेखिकरण कार्यक्रमका लागि ५० लाख रुपेयाँ समेत छुट्याएको छ । सो बजेटले सूचना जारी गर्ने, घर पालुवा जनवरको माइक्रोचिपिङ र ट्यापिङ गर्ने बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *