अनुमतिविना जडीबुटी ओसारपसार गर्ने दुई जना पक्राउ

796
Shares

जाजरकोट, ५ पुस । इजाजतविना जडीबुटी ओसारपसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डोल्पाबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३५१९ नम्बरको ट्रक चेकजाँच गर्दा इजाजतविनै जडीबुटी ओसारपसार गर्न लागेका दुई जनालाई जाजरकोट प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका(७ का सुरेन्द्र शाही र ट्रक चालक बाँकेको कोहलपुर नगरपालिका–१२ का खगेन्द्र खत्री रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

ट्रकमा ८९ बोरा अर्थात दुई हजार एक सय ९२ किलोग्राम जटामसी र १७ बोरा अर्थात चार सय ७६ किलोग्राम पदमचाल फेला परेको थियो। बरामद गरिएको जडिबुटी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा पठाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *