दाङ : अनलाइनबाटै चिकित्सकको परामर्श

तुलसीपुर, १ पुस । दाङको राप्ती गाउँपालिकामा अब अनलाइनबाट बिरामीलाई चिकित्सक परामर्श सेवा उपलब्ध हुने भएको छ।
राप्ती गाउँपालिका- ५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं १ मा रहेको प्रस्तावित भालुबाङ अस्पतालमा अनलाइन परामर्श सेवा सुरु भएको हो।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार दुवै अस्पतालमा जेरियाट्रिक सोसाइटी अफ नेपालका मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले बिरामीको मुटुको ‘इसीजी’ गरी कार्यक्रमको शुभारम्भ गरेका हुन्।
योसँगै देउखुरी क्षेत्रका विपन्न मुटु रोगका बिरामीले नजिकैको यी स्वास्थ्य संस्थाबाट विशेषज्ञ स्वास्थ्य सेवा लिन पाउने छन्। ‘देउखुरी क्षेत्रमा अब मुटुरोगीलाई सहज भएको छ’, उनले भने,’बिरामीलाई मध्यनजर गरी हामीले यो सेवा सुरु गरेका हौँ।’
राप्ती गाउँपालिकाको पहल तथा जेरियाट्रिक सोसाइटी अफ नेपालको सहयोगमा ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम सुरु भएको हो।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ