चिकित्सक लाइसेन्स परीक्षा माघको दोस्रो साता हुँदै, २७ मंसिर देखि फारम भर्न सकिने

काठमाडौँ, २४ मंसिर । नेपाल मेडिकल काउन्सिलको ६४ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको आगामी माघको दोस्रो साता हुने भएको छ । काउन्सिलले आगामी आगामी १२ देखि १४ माघसम्म परीक्षा तालिका तोकेको छ ।

परीक्षामा सहभागी हुन चाहनले आगामी २७ मंसिर देखि २७ पुससम्म नियमित रुपमा फारम भर्न सक्नेछन् । यस्तै २८ र २९ पुसमा भने विलम्ब शुल्क तिरेर फारम भर्न सक्नेछन् ।

काउन्सिलले फारम भने प्रक्रिया अनलाइनबाट हुने र तोकिएको अवधीभरी चौविसै घण्टा सेवा लिन सकिने उल्लेख गरेको छ ।

काउन्सिलले हरेक वर्षको तीन पटक चिकित्सक लाइसेन्स परीक्षा लिने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *