प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा पुन: समस्या मेडिसिटीमा उपचार हुँदै
काठमाडौँ, २१ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्यमा पुन समस्या देखिएको छ । उनलाई गत शनिबार देखि पुन नेपाल मेडिसीटी अस्पतालमा भर्ना गरिएको छ ।
उनी केही समय अघि मात्रै मेडिसिटीमा १५ दिन उपचार गरी डिस्चार्ज भएकी थिईन् ।
अस्पताल स्रोतका अनुसार उनको आईसीयूमा उपचार भईरहेको छ । इन्भेजिभ भेन्टिलेटरको सपोर्ट दिईएको छ । अहिले अवस्था स्थिर रहेको छ ।
सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]