इजरायलले काठमाडौँ महानगरपालिकामा खुल्ला व्यायमशाला बनाईदिने
काठमाडौँ, १९ कात्तिक । इजरायलले काठमाडौं महानगरमा खुल्ला व्यायमशाला निर्माणमा सहयोग गर्ने भएको छ । उसले खुल्ला व्यायमशालाका लागि उपयुक्त स्थान तोकिदिन समेत महानगरपालिकासंग आग्रह गरेको छ ।
शुक्रबार नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसंग भेटघाट गर्ने क्रममा आफ्नो देशले खुल्ला व्यायामशाला बनाउन चाहेको बताएका थिए ।
उनले त्यसका लागि महानगरपालिकाले आवश्यक पर्ने जग्गा (स्थान) लगायतका विषयमा प्रक्रिया मिलाइदिन अनुरोध गरेका हुन् ।
राजदूत गोडेरले महानगरपालिकाका वडा ३, ४ वा ८ मध्ये जुनसुकै ठाँउमा भएपनि हुने बताएका थिए ।
भेटका क्रममा राजदूत गोडेरले, यसअघि महानगरसँग भएको सहकार्य प्रयास कार्यान्वयन गर्न नसकिएको गुनासो गरेका थिए । यस पटक सहरी स्वास्थ्यका लागि खुल्ला व्यायामशाला बनाउने कार्यक्रम सफल बनाउनुपर्ने बताए ।
सम्पर्क इमेल : [email protected]