एमालेको घोषणा पत्र : ६० बर्ष माथिका नागरिकको उच्च रक्तचाप र मधुमेह परीक्षण र औषधि निशुल्क
काठमाडौँ, १५ कात्तिक । नेकपा एमालले आफ्नो नेतृत्वको सरकार बनेमा ६० बर्ष माथिका नागरिकको उच्च ररक्तचाप र मधुमेह परीक्षण तथा औषधि निशुल्क गर्ने ग्यारेन्टी गरेको छ । एमालेले आज सार्वजनिक गरेको घोषणा पत्रको ग्यारेन्टी नम्बर ८ मा निरोगी नेपाल सवल नागरिकको नीति अघि बढाउने शीर्षकमा उच्च रक्तचाप र मधुमेहको परीक्षण र औषधि निशुल्क गर्ने उल्लेख छ ।
एमालेले भनेको छ ‘सबै नागरिकरलाई निररोगी रहने उपाय अपलम्बन गर्न सचेत गराईनेछ । सबै पालिकामा आधारभूत स्वास्थ्य सेवा पुरयाउने छ । साठी बर्ष माथिका नागरिकका लागि उच्च रक्तचाप मधुमेह रोगको निशुल्क परीक्षण तथा औषधि उपलव्ध गराईनेछ ।’
यस्तै उसले स्वास्थ्य बीमा मार्फत नागरिकको स्वास्थ्य उपचार सहज बनाउने दावी गरेको छ । उसले एमालेले भनेको छ, ‘प्रभावकारी स्वास्थ्य बीमा कार्यक्रम मार्फत नागरिकको स्वास्थ्य उपचार सहज बनाईनेछ । सबै पालिकामा आधारभूत अस्पताल र प्रदेशहरुमा विशिष्टिकृत अस्पतालको व्यवस्था गरिनेछ ।’
यस्तै प्रसूति सेवा सहित महिलाको स्वास्थ्य रक्षा गरिनेछ । सबै बालबालिकाहरुलाई पूर्ण खोप सुनिश्चित गरिनेछ । अधिकांश रोगको उपचार स्वदेशमा नै हुने प्रवन्ध गरिने उल्लेख छ ।
सम्पर्क इमेल : [email protected]