डेंगु संक्रमणबाट ४९ जनाको मृत्यु, ४१ हजार ७४३ जना संक्रमित

काठमाडौँ, १ कात्तिक । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमणबाट नेपालमा हालसम्म ४९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ४९ जना संक्रमितको मृत्यु भएको हो ।

त्यसैगरी ४१ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको छ । सरकारले देशका ७७ वटै जिल्लामा डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरेको छ ।

एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। त्यस यता नेपालमा बर्षेनी डेंगुका बिरामी फेला परेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *