एमालेको तर्फबाट स्याङ्जा २ (ख)बाट उम्मेद्धार बन्दै डा. बुद्धिमान श्रेष्ठ
काठमाडौँ, २२ असोज । नेकपा एमालेले आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि डा बुद्धिमान श्रेष्ठलाई प्रदेश सभा सदस्य पदमा उम्मेद्धार बनाउने भएको छ ।
कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा रिसर्च सेन्टर काठमाडौँ, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेज एण्ड डेन्टल हस्पिटल पोखराका सञ्चालक समेत रहेका डा श्रेष्ठलाई एमालेले स्याङ्जा क्षेत्र नं २ (ख) बाट प्रदेश सभा सदस्य पदमा उम्मेद्धार बनाउन लागेको हो ।
डा श्रेष्ठले स्याङ्जा क्षेत्र नं २ (ख) बाट प्रदेश सभाका लागि पार्टीले टिकट दिएको भन्दै आइतबार विहान ११ बजे वालिङ पुगेर उम्मेद्धारी दर्ता गर्ने बताए ।
स्याङ्जा, चापाकोट नगरपालिका सुन्तलीटार स्थायी बसोबास भएका डा श्रेष्ठ एमाले गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख हुन् । उनी एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्टिय स्वास्थ्यकर्मी महासंघको गण्डकी प्रदेश इन्चार्ज समेत रहेका छन् ।
आफूलाई विकासप्रेमी अभियन्ताको रुपमा चिनाउन चाहने डा श्रेष्ठ कालिगण्डकी उपत्यका एकीकृत विकास अवधारणाका प्रवर्तक समेत मानिन्छन् ।
सम्पर्क इमेल : [email protected]