प्रचण्डले छाडेको क्षेत्रबाट डा. भोजराजलाई उम्मेद्धार बनाउँदै माओवादी
काठमाडौँ, २२ असोज । सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवन क्षेत्र नम्बर ३ मा डा. भोजराज अधिकारीले टिकट पाएका छन् ।
प्रचण्ड चितवन छाडेर गोरखा क्षेत्र नं २ बाट उम्मेद्धार बन्ने भएपछि माओवादी केन्द्रबाट तर्फबाट डा अधिकारी उम्मेद्धार बन्ने भएका हुन् ।
जनरल फिजिसियन डा अधिकारी भरतपुर अस्पतालका विकास समितिका अध्यक्ष समेत हुन् । प्रत्यक्ष रुपमा राजनीतिमा नदेखिए पनि उनी पहिले देखि नै प्रचण्ड र उनकी छोरी एवं भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल नजिक थिए ।
उम्मेद्धार बन्ने प्रस्ताव आयो । अब भोली विहान विकास समितिको अध्यक्षबाट राजिनामा दिनेछु र मनोनयन गर्न जानेछु । डा अधिकारीले नेपाली हेल्थसंग भने ।
अधिकारीसँगै सोही क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर २ मा माडीका पूर्व मेयर ठाकुर ढकालले टिकट पाएका छन् ।
यो क्षेत्रबाट नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउँदैछ।
राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे पनि यही क्षेत्रबाट उम्मेदवार बन्दैछन्।
यो क्षेत्रबाट स्थानीय निर्वाचनमा कांग्रेसको असन्तुष्ट समूहको नेतृत्व गरेर मेयरमा उम्मेदवार बनेका जगन्नाथ पौडेलले पनि उम्मेदवारी दिने घोषणा गरेका छन्।
सम्पर्क इमेल : [email protected]